सत्ता उलटफेरले रोकियो त्रिवि सभा

सत्ता उलटफेरले रोकियो त्रिवि सभा
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ । त्रिवि कार्यकारी परिषद्‌को बैठकले भोलिका लागि तय गरेको सभा अन्तिम समयमा स्थगित गरिएको हो। 

पछिल्लो राजनीतिक घटनाक्रमका कारण सभा स्थगित गर्नुपरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ। 

‘सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं विश्वविद्यालय सभाका अध्यक्षज्यूबाट मिति २०८१ असार ३१ गते सम्पन्न गर्न स्वीकृति भएको त्रिवि सभा बैठक देशको राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपर्ने भएकोले उक्त मितिमा आयोजना गरिएको बैठक स्थगन गर्नका लागि सम्माननीय प्रधानमन्त्री तथा त्रिविका कुलपति एवं सभाका अध्यक्षज्यूसमक्ष अनुरोध गरिएको हुँदा उक्त बैठक स्थगित गरिएको’,जारी सूचनामा उल्लेख छ । 

त्रिविको कार्यकारी परिषद्को बैठकले गत असार १३ गते सभाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाएको थियो । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले भोलि सभा गर्न स्वीकृति दिनुभएको थियो । तर, संसदबाट विश्वासको मत प्राप्त नगरेपछि सरकार काम चलाउको हैसियतमा पुगेसँगै प्रधानमन्त्रीले सभा स्थगित गर्न निर्देशन दिनुभएको बताइएको छ ।
 

टिप्पणीहरू