एक दर्जन क्याम्पस चिफ नियुक्तिको तयारी

एक दर्जन क्याम्पस चिफ नियुक्तिको तयारी
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयका झण्डै एक दर्जन आंगिक क्याम्पस प्रमुखका लागि विज्ञापन गरिएको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय, क्याम्पस प्रमुख छनौट समितिले ११ आंगिक क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । 

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी र विश्वभाषा क्याम्पससहित ललितपुरको पाटन संयुक्त, सिराहास्थित सूर्यनारायण सत्यनारायण मौरवैता यादव क्याम्पस, पोखराको पृथ्वीनारायण, जनकपुरको रामस्वरुप रामसागर, बुटवल बहुमुखी, पाल्पाको त्रिभुवन बहुमुखी, सुर्खेत क्याम्पस र जुम्ला क्याम्पसमा प्रमुख पद रिक्त छ ।

 
योग्यता पुगेका इच्छुकले आगामी सात दिनभित्र दरखास्त दिन सक्नेछन् ।

टिप्पणीहरू