विपन्न लक्षित छात्रवृत्तिको फाराम खुल्यो
गरिब तथा विपन्न विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिका लागि फाराम खुलेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालू शैक्षिक सत्रका लागि छात्रवृत्ति फारम खुलाएको हो । ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै केन्द्रले सामुदायिक विद्यालयका कक्षा ५ र ८ मा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई फाराम भराउन भनेको छ ।
केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा गई आगामी ४५ दिनभित्र फाराम भरी प्रविष्ट गर्न सकिने पत्रमा उल्लेख छ । विद्यालयले सो फाराम प्रिन्ट गरी सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई उपलब्ध गर्नुपर्ने जनाइएको छ ।
साथै, विद्यार्थीले फाराममा सम्पूर्ण सूचकहरु सत्य साँचो भरी आफ्नो अभिभावकबाट प्रमाणित गराई पेश गर्नुपर्ने र प्रधानाध्यापककले रुजु गरी स्थानीय तहमा प्रमाणीकरण लागि पेश गर्नु बताइएको छ ।
टिप्पणीहरू