त्रिभुवन विश्वविद्यालयका सबैजसो डीन कार्यालय रित्तो

त्रिभुवन विश्वविद्यालयका सबैजसो डीन कार्यालय रित्तो

त्रिभुवन विश्वविद्यालयका विभिन्न डीन कार्यालयमा निर्देशक नियुक्तिका लागि आवेदन मागिएको छ । त्रिविसभा तथा कार्यकारी परिषद् सचिवालयले आठ वटा डीन कार्यालयमा निर्देशक नियुक्तिका लागि विज्ञापन गरेको छ । 

चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकायको निर्देशक पद रिक्त रहेको जनाइएको छ । 

सचिवालयले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकका लागि पनि आवेदन मागेको छ । योग्यता पुगेका र इच्छुकले एक साताभित्र आवेदन गर्न सक्छन् ।

टिप्पणीहरू