एक वर्षभित्र मार्कसिट सच्याँउदा निःशुल्क

एक वर्षभित्र मार्कसिट सच्याँउदा निःशुल्क

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने व्यवस्था गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गर्दै नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनुपर्ने मार्कसिटमा शुल्क नलाग्ने जानकारी गराएको छ । 

यसअघि हरेक विषयका लागि छुट्टाछुट्टै शुल्क लिने गरिन्थ्यो । कार्यालयले ट्रान्सक्रिप्टका लागि आवेदन दिएका तर पाउन नसकेका विद्यार्थीलाई पनि यही साउन १० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । 

विद्यार्थीले आफुले प्राप्त गरेको रजिष्ट्रेशन कार्ड, सक्कल प्रवेशपत्र र मार्कसिटमा एकरुपता छ वा छैन ? रुजु गरेर एकरुपता भएमा मात्र आवेदन फाराम दिनुपर्ने छ । 

एकरुपता नभएको अवस्थामा निवेदनउपर कारबाही हुने र अभिलेखमा एकरुपता भएपश्चात् मात्र सबै मार्कसिटको प्रतिलिपि संलग्न राखी ट्रान्सक्रिप्टको आवेदन फाराम पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । 

यस्तै, क्याम्पसबाट दुई वा सोभन्दा बढी विद्यार्थीको एकमुष्ट ट्रान्सक्रिप्ट आवेदन फाराम बुझाउनुपर्ने भएमा पत्रमा पेश गर्न आउने कर्मचारीको परिचयपत्रको प्रतिलिपि समेत राख्न भनिएको छ ।

टिप्पणीहरू