बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु

बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु
सुन्नुहोस्

हेटौंडास्थित बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन मागिएको छ । संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई विज्ञापन आह्वान गरेको छ ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९, प्रदेश विश्वविद्यालयको विधान, २०८१ र बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम योग्य नेपाली नागरिकले आगामी १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

उम्मेदवारको उमेर ५६ वर्ष ननाघेको हुनुपर्ने र मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा द्वितीय श्रेणाीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने छ ।

उम्मेदवारले कम्तीमा १० वर्ष विश्वविद्यालयअन्तर्गत शिक्षण अनुभव भएको वा सरकारी क्षेत्रको अनुभव भएको सम्बन्धित निकायबाट प्रमाणित कागजातसहित समितिको सचिवालय हेटौंडा वा इमेल ठेगानामा निवेदन पेश गर्न सक्ने जनाइएको छ ।
 

टिप्पणीहरू