त्रिविको दीक्षान्त समारोहका लागि आवेदन आह्वान

त्रिविको दीक्षान्त समारोहका लागि आवेदन आह्वान
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोह, २०८१ का लागि आवेदन आह्वान गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकाल्दै २०८० असार १ गतेदेखि जेठ ३२ गतेसम्म स्नातक तहदेखि विद्यावारिधि तह उत्तीर्ण विद्यार्थीसँग आवेदन मागेको हो । 

सूचनामा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिष्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पुरा गर्नेहरुले अनलाइनमार्फत आवेदन दिन सक्ने उल्लेख छ । 

आवेदन दिने समयावधि आजदेखि आगामी असोज २३ गतेसम्म छ । त्यस्तै, स्नातक तहको दीक्षान्त तथा प्रमाणपत्र शुल्क दुई हजार दुई सय रुपैयाँ तोकिएको छ । 

स्नातकोत्तर तथा एमफिल तहको दुई हजार सात सय रुपैयाँ र विद्यावारिधि तहको तीन हजार दुई सय रुपैयाँ प्रमाणपत्र शुल्क छ । यससम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू