कालिमाटी र कुलेश्वरमा तिराइयाे ६० हजार

कालिमाटी र कुलेश्वरमा तिराइयाे ६० हजार

काठमाडौं महानगरपालिकाले सडक निर्माण गर्दा ‘ब्यारिकेट’ नराखेको जनाउँदै ठेकेदार कम्पनीलाई कारबाही गरेको छ । वडा नम्बर १३, कालीमाटीमा सडक निर्माण गर्दा ब्यारिकेट नराखेपछि महानगरले के एण्ड केजी विश्वजित जेभीलाई कारबाही गरेको जनाएको छ । 

उक्त निर्माण कम्पनीलाई कारबाहीस्वरुप ५० हजार रुपैयाँ जरिवाना तिराइएकोे छ । यस्तै, सडकमा फोहोर फालेका एक जनालाई पनि कारबाही गरेको छ । कुलेश्वरका कुवेर थापाले आफ्नो घरको फोहोर सडकमा फ्यालेपछि महानगरले १० हजार रुपैयाँ तिराएको हो ।

टिप्पणीहरू