क्यान्सरग्रस्त प्रसाईंलाई सिध्याउन प्रधानमन्त्री नै लागिपरेको आरोप
दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाअभियानले उनलाई हिरासतभित्रै सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरेको छ । क्यान्सर रोगबाट पीडित उनलाई अस्पतालमा भर्ना हुन नदिएको र झुठा मुद्दा लगाएर फसाउन प्रधानमन्त्री स्वयम् लागिपरेको आरोप लगाइएको छ ।
गृहमन्त्री रमेश लेखक,प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगायत उक्त चलखेलमा मतियार भएको अभियानको केन्द्रीय सचिवालयले जारी गरेको अपिलमा उल्लेख छ । सरकार र सुरक्षा निकायको रवैया राणाकालमा भन्दा पनि कष्टकर भएको प्रसाईं नेतृत्वको संस्थाको ठहर छ ।
न्यायालय,अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्था,आम सञ्चारलगायत सबैसँग दुर्गा प्रसाईंको जीवन रक्षा र न्याय प्राप्तीका लागि अपिल गरिएको छ ।
टिप्पणीहरू