‘प्लस टु’ अध्ययन गर्न चाहने विद्यार्थीलाई ललितपुरको छात्रवृत्ति

‘प्लस टु’ अध्ययन गर्न चाहने विद्यार्थीलाई ललितपुरको छात्रवृत्ति

ललितपुर महानगरपालिकाले छात्रवृत्तिमा ‘प्लस टु’ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको आवेदन मागेको छ । महानगरअन्तर्गतका संस्थागत विद्यालयमा कक्षा ११ र १२ छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई दरखास्तको निम्त जानकारी गराइएको हो ।

आगामी साउन १५ गतेसम्म शिक्षा महाशाखामा तोकिएको ढाँचामा निवेदन दिन अनुरोध गर्दै जारी सूचनामा उल्लेख छ, ‘संस्थागत विद्यालयहरुले प्रदान गर्नुपर्ने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको लागि महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालनमा रहेका संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८१ को कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिमा अध्ययन गर्न गराउन चाहेमा विद्यार्थी÷अभिभावकले तोकिएको ढाँचामा साउन १ गतेदेखि साउन १५ गतेसम्म शिक्षा महाशाखामा निवेदन पेश गर्नुहुन ।’

टिप्पणीहरू