कक्षा ११ को फाराम बुझाउने म्याद थप

कक्षा ११ को फाराम बुझाउने म्याद थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम बुझाउने म्याद थप गरेको छ । यसअघि माघ १५ गतेभित्र आवेदन फाराम बुझाई सक्नुपर्नेमा बोर्डले यही फागुन २१ गतेसम्म म्याद थप गरेको हो ।

बोर्डले विविध कारणले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई सम्बन्धित कार्यालयमा सम्पर्क राखी बुझाउन अनुरोध गरेको छ । 

सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८०-०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फारामहरु मिति २०८० माघ १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरिएकोमा उक्त समयभित्र विविध कारणले फाराम बुझाउन छुट भएका विद्यार्थीका लागि २०८० फागुन २१ गतेभित्र फाराम बुझ्रने-बुझाउने गरी म्याद थप गरिएकोले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई बोर्डका सम्बन्धित कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।’

टिप्पणीहरू