नयाँ समीकरण जोगाउन चुनौती छ - प्रदिप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् ।
चीनको चासोमा नयाँ गठबन्धन बनेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनको यस्तो भनाई आएको हो । उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउन भने चुनौती रहेको स्वीकार गरेका छन् ।
पूर्वगठबन्धनका कारण मुलुक संकटमा परेको उल्लेख गर्दै उनले त्यसलाई चिर्दै अगाडि बढ्ने शर्तमा नयाँ गठबन्धन बनेको बताए । नेपाली काँग्रेसले देशको पक्षमा परिणाममुखि काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको सहकार्यका लागि तयार भएको ज्ञावलीको भनाई छ ।
‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरुभित्र पनि अब नेपाली काँग्रेससँगको सहकार्य सुविधाजनक छैन । र यसले कुनैपनि परिणाम दिँदैन भन्ने भएपछि नयाँ सहकार्य शुरु भएको हो', उनले भने, 'विगतमा भन्दा तपाईहरुले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै वाह्य शक्तिहरुको दौडधुप भएको देखिएन ।
एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहीँ यो स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौति हामीसँग छ ।'
टिप्पणीहरू