रास्वपाले इलाम–२ मा मात्रै उम्मेदवारी दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा मात्र उम्मेदवारी दिने भएको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
पार्टी महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ वैशाख १५ गते हुने इलाम जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिने तर बझाङको प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने ।’
गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् रिक्त इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा १ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
टिप्पणीहरू