आफूमाथिको आरोप पुष्टि गरेर देखाउन निवर्तमान अर्थमन्त्रीलाई प्रधानमन्त्रीको चुनौति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिनुभएको छ ।
बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उहाँले उक्त अभिव्यक्तिको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिनुभएको हो । मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री आफूसँग रिसाएको भन्ने डा. महतको भनाईप्रति उहाँले आपत्ति पनि जनाउनुभयो ।
‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मैले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न पनि उहाँको आग्रह छ ।
टिप्पणीहरू