एमडीएमएस घोटाला प्रकरण : दुई अध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एमडीएमएस घोटाला प्रकरण :  दुई अध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

 नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तप्रसाद खनाल भ्रष्टाचारमा तानिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आज मुद्दा दर्ता गरेको हो । यी दुईसहित १९ जना र दुई कम्पनीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 

मुद्दा चलाइएका अन्यमा प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, निर्देशक दिपेश आचार्य, उपनिर्देशक मिनप्रसाद अर्याल, सुरेन्द्रलाल हाडा, अच्युतानन्द मिश्र, सहायक निर्देशकहरु विनोद चन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, संदिप अधिकारी, सूर्यप्रसाद लामिछाने, विजयकुमार राय यादव, प्रतिक्षा पौडेल र निराजन कोइरालालगायत छन् । 

अख्तियारले दायर गरेको आरोप पत्रमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

टिप्पणीहरू