राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार घोषणाको तयारी

राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार घोषणाको तयारी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि आवेदन माग गरेको छ । 

मन्त्रालयले राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा सातै प्रदेशका एक÷एक जना महिला उद्यमीलाई पुरस्कार प्रदान गरिने जनाउँदै उक्त आवेदन मागिएको जनाएको छ ।

यसका लागि गत चैत १३ गते पहिलो पटक सूचना प्रकाशित गरिएकोमा पर्याप्त संख्यामा आवेदन प्राप्त नभएको जानकारी दिइएको छ । मन्त्रालयले आज पुनः सूचना प्रकाशित गर्दै पुरस्कार प्राप्त गर्न चाहने इच्छुक महिला उद्यमीलाई आगामी सात दिनभित्र तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन पेश गर्न भनेको छ । 

मन्त्रालयको वेबसाइटबाट विस्तृत जानकारी लिन सकिने बताइएको छ ।

टिप्पणीहरू