उद्योग मन्त्रालयमा तिब्बतका उपाध्यक्ष, अर्थमा विश्व बैंक र ऊर्जामा एसियाली बैंकका उपाध्यक्ष

उद्योग मन्त्रालयमा तिब्बतका उपाध्यक्ष, अर्थमा विश्व बैंक र ऊर्जामा एसियाली बैंकका उपाध्यक्ष
सुन्नुहोस्

चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहान ९ बजदेखि १० बजेसम्म भेट भएको हो । 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत तिब्बती प्रतिनिधिमण्डलका सदस्यको पनि उपस्थिति रहेको बताइन्छ । 

आजै अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन आएका रेजरले मन्त्री पुनसँग आज भेट गरेका हुन् । 

भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । हरेक तीन वर्षमा हुने आइडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री शक्तिबहादुर बस्नेत र एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिङ याङबीच पनि भेट भएको छ । उहाँहरुबीच मन्त्रालयमा हिजो अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म दुई घण्टा भेटवार्ता भएको हो ।

टिप्पणीहरू