कार्यादेशमा लफडा, संसद बैठक सुचारुमा अनिश्चितता

कार्यादेशमा लफडा, संसद बैठक सुचारुमा अनिश्चितता
सुन्नुहोस्

सहकारी छानबिन संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । राजनीतिक दलहरुले शनिबार समिति गठनअघि कार्यादेश टुंगो लगाउने र प्रतिनिधि सभा बैठक बस्ने सहमति गरेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक जारी छ ।  सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल संयोजकमा कानुन मन्त्री पदम गिरी र सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

काँग्रेस गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने मागमा अडिग छ । तर, एमाले, माओवादी र रास्वपाले समग्र सहकारीको नाम मात्रै लेख्नुपर्नेमा अडान राखेका छन् ।

हिजो स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । तर, कार्यादेशमा सहमति नभएकाले आजको बैठक पनि सुचारु हुने सम्भावना क्षीण रहेको बताइन्छ ।

टिप्पणीहरू