विदेश गएका आईजीपीको स्वदेश आगमन

विदेश गएका आईजीपीको स्वदेश आगमन

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर स्वदेश फर्केका छन् । तीन सदस्यीय टोलीसहित वैशाख १० गते फ्रान्स गएका उनी कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा बिहान साढे ९ बजे काठमाडौं आइपुगेका हुन् ।

कुँवर नेतृत्वको टोली दोहा हुँदै उता गएकोमा सोही रुट हुँदै आएको हो ।

महानिरीक्षक कुँवरले फ्रान्सको लियोन शहरमा आयोजित हेड्स अफ एनसीबी कन्फरेन्समा भाग लिएका हुन् । उनलाई निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको बताइएको छ ।

टिप्पणीहरू