सहकारी तोडफोड गर्नेहरु पक्राउ

सहकारी तोडफोड गर्नेहरु पक्राउ
सुन्नुहोस्

प्रहरीले सहकारी संस्था तोडफोड गर्ने नौ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३०, शिसुवामा रहेको चक्रदेवी सहकारी संस्था तोडफोड गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

पक्राउ परेकामा ३६ वर्षीय प्रकाश विक, ४० वर्षीय राजीव प्रसाईं, ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन विक, २७ वर्षीय सञ्जिप सुनार, ५२ वर्षीय यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, ४७ वर्षीया कमला चन्द र ४२ वर्षीय विष्णु बोहरा हुन्् । 

जिप्रकाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माका अनुसार उनीहरुले आज दिँउसो सहकारीको कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरुले सहकारीको कर्मचारीमाथि पनि हातपात गरेको शर्माको भनाइ छ । 

त्यस्तै, कार्यालयको कागजपत्र हिनामिना, टेलिफोन तथा नेटको तारमा क्षति पुर्याएको उनले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
 

टिप्पणीहरू