विद्यार्थी लिएर रारा जाँदै गरेको जीप दुर्घटना, एक दर्जन घाइते

विद्यार्थी लिएर रारा जाँदै गरेको जीप दुर्घटना, एक दर्जन घाइते
सुन्नुहोस्

बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित जनप्रकाश माविमा अध्यनरत विद्यार्थी लिएर शैक्षिक भ्रमणमा जाँदै गर्दा ग १ ज ८२४९ नम्बरको जीप आज दिउँसो खत्याड गाउँपालिका–२, स्थित दुर्घटनामा परेको हो ।

दुर्घटनामा विद्यार्थी र शिक्षक गरी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका इन्स्पेक्टर प्रकाशसिंह कार्कीले बताए । उनका अनुसार घाइतेको नजिककै स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

सबैजना खतरामुक्त रहेको जानकारी दिँदै इन्स्पेक्टर कार्कीले जीप शैक्षिक भ्रमणका लागि रारा तालतर्फ जाँदै गरेको पनि बताए । उनले भने, ‘शैक्षिक भ्रमणको लागि रारा तालतर्फ जाँदै गर्दा जीप सडकबाट ३० किलोमिटर तल खसेको हो ।’ 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू