कुबेतको आप्रवासी श्रमिक क्याम्पमा आगलागी, ४१ जनाको मृत्यु

कुबेतको आप्रवासी श्रमिक क्याम्पमा आगलागी, ४१ जनाको मृत्यु

कुबेतको माङ्गाफस्थित श्रमिक क्याम्पमा लागेको आगलागीमा ४१ जनाको मृत्यु भएको छ । नेपालीलगायत विभिन्न मुलुकका श्रमिकहरु बस्दै आएको क्याम्पमा लागेको आगोमा निधन भएकाहरुको पहिचान खुलेको छैन ।

स्थानीय एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरुको क्याम्पमा आगलागी भएको हो । कुबेतस्थित नेपाली दूतावासकाअनुसार आगलागीमा परेकाहरुमध्ये नेपाली हुन् वा होइनन् भन्नेबारे यकिन भएको छैन ।

स्थानीय समयअनुसार आज बिहान साढे ४ बजे आगो लागेको हो । धेरै  भारतीय श्रमिकहरु रहेका उक्त क्याम्पमा डेढ सयभन्दा बढी बस्दै आएको बताइएको छ । डेढ दर्जन गम्भीर घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

टिप्पणीहरू