पूर्वराजा १ महिनाका लागि सिंगापुर, हिजो राती भारतीय धर्मगुरुसँग भेट

पूर्वराजा १ महिनाका लागि सिंगापुर, हिजो राती भारतीय धर्मगुरुसँग भेट
सुन्नुहोस्

नेपालको धार्मिक भ्रमणमा रहेका भारतीय धर्मगुरु स्वामी कैलाशानन्द महाराजले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । 

हिजो दिउँसो काठमाडौँ आइपुगेका उनले साँझ पूर्वराजालाई भेटेका हुन् । सवा घण्टा लामो भेटवार्ताका लागि कैलाशानन्द साढे ७ बजे निर्मल निवास पुगेका थिए ।  

हिन्दु अध्यात्मिक गुरुका रुपमा चिनिएका कैलाशानन्द एक सहयोगीका साथ हिजो नेपाल एयलाइन्सको उडान नम्बर आरए-२१८ बाट काठमाडौँ ओर्लिएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनको भव्य स्वागत गरिएको थियो । स्वागतका लागि नेपाली कांग्रेसका नेता तथा सांसद सन्जय गौतम,सिआइबी प्रमुख श्याम ज्ञवालीलगायत विमानस्थल पुगेका थिए । 

कैलाशानन्द गाेदावरीस्थित गोदावरी भिलेज रिसाेर्टमा बसेका छन् । नेपालका विभिन्न धार्मिकस्थल घुम्ने योजना लिएर काठमाडौँ आएका उनी बिहान पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । लगत्तै दक्षिणकाली गएका उनले मुक्तिनाथ, लुम्बिनीलगायतका तीर्थस्थलहरुको भम्रण गर्ने कार्यक्रम छ । 

यता, पूर्वराजा ज्ञानेन्द्र आजै सिंगापुर जाँदैछन् । एक महिनाका लागि त्यता जान लागेका उनी  बैंकक हुँदै फर्किने तालिका छ । त्यस दौरान पूर्वराजाले भारतीय केही अधिकरीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको बुझिएको छ ।

टिप्पणीहरू