राष्ट्रिय अनुसन्धानलाई चाहियो साढे दुई सय कर्मचारी, प्रत्यारोपण केन्द्रमा एक दर्जन
![राष्ट्रिय अनुसन्धानलाई चाहियो साढे दुई सय कर्मचारी, प्रत्यारोपण केन्द्रमा एक दर्जन](https://janaaastha.prixacdn.net/media/albums/r_g4BMfDKunX.webp)
राष्ट्रिय अनुसन्धान विभागले एकै पटक साढे दुई सय स्थायी कर्मचारी मागेको छ । विभागले आज सूचना प्रकाशित गर्दै सहायक सूचकसहित २५२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनामा सहायक सूचक २३४ जना, सुरक्षा गार्ड १६ जना र परिचर दुई जना मागिएको छ । तोकिएको योग्यता पुगेका इच्छुकलाई आगामी असार ८ गतेसम्म आवेदन पेश गर्न भनिएको छ ।
दोब्बर दस्तुर तिरेर असार १५ गतेसम्म दरखास्त दिन सकिनेछ । सहायक सूचक पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसएलसी, एसईई वा सोसरहको उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सुरक्षा गार्डका लागि कम्तीमा आठ कक्षा वा सोसरहको उपाधि प्राप्त गरेको र परिचर पदमा साधारण लेखपढ गर्न जानेको व्यक्तिले समेत आवेदन दिन सक्नेछन् ।
त्यस्तै, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि करारमा कर्मचारी नियुक्त गर्न लागेको छ । क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजीसहित १३ जना मागिएको हो ।
रेडियोलोजिष्ट, नेफ्रोलोजिष्ट, युरोलोजी, ल्याब टेक्निसियन, असिष्टेन्ट फर्मासिष्ट र रेडियोग्राफर समेत आवश्यक रहेको सूचनामा उल्लेख छ ।
इच्छुक योग्यता पुगेकाले आगामी २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । यससम्बन्धी विस्तृत जानकारी केन्द्रको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू