सर्वोच्चको रजिष्ट्रारमा पोखरेल, कार्की उच्च अदालतको न्यायाधीश

सर्वोच्चको रजिष्ट्रारमा पोखरेल, कार्की उच्च अदालतको न्यायाधीश

न्याय सेवाका तीन अधिकृत विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस भएका छन् ।

आज बसेको न्याय परिषद बैठकले सो निर्णय गरेको हो । जसमा न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेल सर्वोच्च अदालतको रजिष्टारमा बढुवा सिफारिस भएका छन् ।

त्यस्तै, सर्वोच्चका सहरजिष्टार यमबहादुर बुढा मगरलाई न्याय परिषद सचिवमा सिफारिस गरिएको छ । कायम मुकायम नायव महान्याधिवक्ता खेमराज ज्ञवाली नायव महान्यायाधिवक्ता बढुवाका लागि सिफारिसमा परेका छन् ।

त्यस्तै, बैठकले सर्वोच्चका कायम मुकायम रजिष्ट्रार हरिराज कार्कीलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ । उनलाई अस्थायी इजलास वीरगंजमा पदस्थापन गर्ने गरि नियुक्तिको सिफारिस गरिएको हो
 

टिप्पणीहरू