पश्चिमाले रुसको डेढ अर्ब युरो डकैती गरेकै हुन् र !

पश्चिमाले रुसको डेढ अर्ब युरो डकैती गरेकै हुन् र !

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको डेढ अर्ब युरो अर्थात एक अर्ब ६० करोड अमेरिकी डलर डकैती गरिएको आरोप लगाएका छन् । उनले रुसी केन्द्रीय बैंकको सम्पत्ति युरोपेली संघले ‘फ्रिज’ गरेपछि पुटिनले पश्चिमा मुलुक र युरोपेली राष्ट्रहरुमाथि यस्तो आरोप लगाएका हुन् । 

संघले ‘फ्रिज’ भएको रुसी कोषको ब्याज रकम युक्रेनलाई सहयोग उपलब्ध गराइने घोषणा गरेको छ । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेनले रुसी कोषको ब्याजबाट प्राप्त रकम युक्रेनलाई उपलब्ध गराउने भनेपछि पुटिनले दिनदहाडै डकैतीको आरोप लगाएका हुन् ।

‘फ्रिज’ गरिएको रुसी केन्द्रीय बैंकको सम्पत्ति बेल्जियममा रहेको बताइएको छ । पश्चिमा सञ्चारमाध्यमहरुका अनुसार रुसले पूर्वी युक्रेनका दुईवटा गाउँ कब्जा गरेपछि युरोपेली संघले उक्त कदम चालेको हो ।

टिप्पणीहरू