पूर्व मुख्यसचिवलाई सफाई, अरुलाई कैद

पूर्व मुख्यसचिवलाई सफाई, अरुलाई कैद

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल पौडेल र सफल श्रेष्ठलाई आठ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले पौडेल र श्रेष्ठलाई तीन करोड ४२ लाख २२ हजार ८०० रुपैयाँ बिगो र सोही बराबरको जरिवानासमेत तोकेको छ ।  

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज सजाय निर्धारण गरेको हो । विशेषले यसअघि कात्तिक १४ गते सुनाएको फैसलामा मुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने निर्णय गरेको थियो । अर्यालको हकमा इजलासले गरेको आदेशमा अनुमान, शंका र मनोगत आधारमा कसुर ठहर गर्न नमिल्ने उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध दायर उक्त मुद्दाका प्रतिवादीहरुमध्ये विशेषले पौडेल र श्रेष्ठ बाहेकलाई सफाई दिएको हो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो असुल गर्नुपर्ने माग दाबी गरेको थियो ।

टिप्पणीहरू