सिरोहियालाई अदालत लगियो, एक दर्जन वकिलले बहस गर्ने

सिरोहियालाई अदालत लगियो, एक दर्जन वकिलले बहस गर्ने
सुन्नुहोस्

नागरिकता 'किर्ते' प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिएको छ ।

मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले आजसम्म दिएको तीन दिनको म्याद सकिएको छ । अनुसन्धान नसकिएपछि जिल्ला सरकारी वकिल कार्यालयले पुन: पाँच दिन म्याद थपको अनुमति मागेको हो  

अदालत लैजानुअघि आज बिहान सरकारी वकिल कार्यालयमा सिरोहियासँग तीन घण्टा बयान लिइएको थियो । आज अदालतले म्याद थप्न अस्वीकार गरे उनी रिहा हुनेछन् । 

यता, सिरोहियाको पक्षमा बहस गर्न बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चुमान किशोर लामा, विनोद शर्मा, रमण श्रेष्ठ, शेरबहादुर केसी, टीकाराम भट्टराई, गोविन्द बन्दी जनकपुर पुगेका छन् । त्यस्तै, अधिवक्ताहरु रमण कर्ण, दीपेन्द्र झा, सुदिप कोइराला, किशोर पौडेल र रवि नायकले पनि उनको पक्षमा बहस गर्नेछन् ।
 

टिप्पणीहरू