निर्देशक सुदर्शन थापा पक्राउ

निर्देशक सुदर्शन थापा पक्राउ
सुन्नुहोस्

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी आज दिउँसो राजधानीमा पक्राउ परेका हुन् । 

चलचित्र ‘प्रसाद २’ को निर्देशक समेत रहेका थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध गत वर्ष साउनमा निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले जाहेरी दिएका थिए । असोजमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका थिएनन् ।  

निर्देशक थापाले निर्माण टिमको सहमति र योजनाबिना नै चलचित्रलाई अन्तराष्ट्रिय बजारमा बेचेर करिब डेढ करोड ठगेको आरोप छ । आज सोही प्रकरणमा उनी पक्राउ परेको अनुमान गरिएको छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ । थापाका ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ जस्ता चलचित्र हिट भएका थिए ।

टिप्पणीहरू