भ्याट फिर्ताको रन्को सिंहदरबारदेखि चीन हुँदै जापानसम्म

भ्याट फिर्ताको रन्को सिंहदरबारदेखि चीन हुँदै जापानसम्म

वस्तु तथा सेवा खरिदमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को विषयले बेलामा बेलामा ठूलै चर्चा पाउने गरेको छ । विशेषगरी पछिल्लो समय विदेशी दातृ निकाय तथा मुलुकले उपलब्ध गराएको अनुदानबाट निर्मित भौतिक संरचनाको भ्याट फिर्ता नहुँदा ती निकाय तथा मुलुकले भ्याट फिर्ताबारे राखेको चासो एक कान दुई कान मैदान भएको छ ।

पछिल्लो समय चीन सरकारले २०७२ को भूकम्पमा क्षतिग्रस्त रसुवा र दोलखाका दुई वटा विद्यालयको भौतिक रुप रंग नै फेरिदिएको छ । करोडौंमा निर्माण सम्पन्न ती विद्यालय हस्तान्तरण भइसकेका छन् । तर निर्माण सामाग्री खरिदमा चिनियाँ ठेकेदारले भुक्तानी गरेको भ्याट फिर्ता भने हालसम्म दिइएको छैन ।

यसबारे अर्थ मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘भ्याट फिर्ता कहिलेकाँही ढिलो हुन्छ । अलिकति ढिलो हुँदैमा यो सिरियस होइन । जापानीजहरु ढिलो भयो भनेर कराइरहेका थिए ।’ अधिकारीहरुका अनुसार विशेषगरी कर कार्यालयका कर्मचारीले प्राप्त भइसकेको रकम फिर्ता गर्न कञ्जुस्यार्ईं गर्छन् । सरकारी खातामा जम्मा भइसकेको भ्याट फिर्ता गर्न कर कार्यालयले ढिलो गरेको तर सरकारको नीति फिर्ता गर्ने नै रहेको एक जना सहसचिवले दाबी गरे ।

टिप्पणीहरू