भारतीय प्रधानमन्त्रीलाई बधाइ दिन जाने आठ हजार

भारतीय प्रधानमन्त्रीलाई बधाइ दिन जाने आठ हजार

भारतका कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार्यभारको शपथ ग्रहण गर्ने समय एक दिन पछाडि धकेलिएको छ । भोलि शनिवार गर्न लागिएको शपथ ग्रहण समारोह पर्सि साँझ नयाँ दिल्लीमा हुने छ ।

पर्सिदेखि उहाँले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हाल्दै हुनुहुन्छ । शपथ ग्रहण समारोहमा सहभागिताका लागि नेपाल, बंगलादेश,श्रीलंका,भुटान र मरिससका सरकार प्रमुखलाई निम्तो पठाइएको छ । सार्क संगठनका सदस्यहरुमध्ये माल्दिभ्स र पाकिस्तानका प्रधानमन्त्रीहरुलाई भने निम्तो गरिएकोवारे सरकारी अधिकारीहरुले केही जनाएका छैनन् । 

पाकिस्तानसँग भारतको शत्रुतापूर्ण परम्परागत सम्बन्ध रहेकाले निम्तो नपठाइएकोे धेरैको अनुमान छ । माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइजुलाई चीन निकटको आरोप लगाइएकाले निम्तो नपठाइएको बुझ्न गाह्रो छैन । तर इण्डिया टुडेको अनलाइन संस्करणले भने राष्ट्रपति मुइजुलाई निम्तो पठाइएको दाबी गरेको छ ।

अफगानिस्तान सरकारलाई हालसम्म विश्वका अधिकांश मुलुकले मान्यता नदिएकाले भारतले निम्तो गर्ने अवस्था छैन । शपथ ग्रहण समारोहमा स्वदेश र विदेशका गरी आठ हजारभन्दा बढी विशिष्ट पाहुना उपस्थित हुने अनुमान छ ।

टिप्पणीहरू