महेश र अस्मिताबीच दुबईमा औंठी साटासाट

महेश र अस्मिताबीच दुबईमा औंठी साटासाट

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले 'इन्गेजमेण्ट' गरेका छन् । उनीहरुले दुबईको बुर्ज खलिफा पुगेर औंठी साटासाट गरेका हुन् । 

गायक काफ्लेले इन्गेजमेण्टका तस्बिरहरु आज सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्,‘सहयात्राको यो शुरुवात...वी आर इन्गेज्ड ! अस्मिता अधिकारी आई लभ यु...’

केही समयदेखि महेश र अस्मिता प्रेम सम्बन्धमा रहेको व्यापक चर्चा चलिरहेको थियो । तर, दुवैले प्रेम सम्बन्ध स्वीकारेका थिएनन् । 

नेपाली सांगीतिक दुनियाँका चर्चित गायक र गायिकामा पर्ने दुवैले थुप्रै ‘हिट’ गीत गाएका छन् । अस्मिताको ‘उता परेली झिमझिम भो’,‘काले केटाले’,‘को होला त्यो’,‘यो मेरो मायाको कुरा’ लगायतका गीत अत्याधिक मनपराइएको छ । 

त्यस्तै, महेशले ‘नाँच फिरीरी’,‘माया बिरानी’,‘लज्जावती झार’, लगायत दर्जनौं चर्चित गीत गाएका छन् ।
 

टिप्पणीहरू