कोटेश्वरमा सवारी दुर्घटना, एकजना सिकिस्त

कोटेश्वरमा सवारी दुर्घटना, एकजना सिकिस्त

कोटेश्वरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा दुइजना घाइते भएका छन् । 

आज बेलुका कोटेश्वर चोकबाट जडीबुटीतर्फ जाँदै गरेको बा ०३ ख ३०५३ नम्बरको ट्रिपरले सोही दिशातर्फ गैरहेको बा.प्र ०२ ०३९ प ९९५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजना घाइते भएका हुन् । प्रहरीकाअनुसार स्कुटरको पछाडि सवार ललितपुरको सानोगाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारार्थ राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । स्कुटर चालक बुढानिलकण्ठका ३५ वर्षीय सरोज श्रेष्ठ भने सामान्य घाइते भएको बताइएको छ । 

प्रहरीले ट्रिपरसहित चालक गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल बस्ने ४३ वर्षीय सोम तामाङलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
 

टिप्पणीहरू