धानको बीउ छरिरहेको बेला चट्याङ लागेपछि...

धानको बीउ छरिरहेको बेला चट्याङ लागेपछि...

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको आज बिहान मृत्यु भएको बताइएको छ ।

राजनलाई बिहान धानको बीउ राख्न खेतमा जाँदै गर्दा चट्याङ लागेको थियो । लगत्तै उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । 

विकासलाई भने आफन्त सीताराम दाहालको खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू