मध्यरातमा माछा मार्न गएका शिक्षकलाई बाढीले बगायो

मध्यरातमा माछा मार्न गएका शिक्षकलाई बाढीले बगायो

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर भइ मालटाकुरा माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका इन्द्रबहादुर रोकायको मृत्यु भएको जनाइएको छ ।

गएराति करिब ११ बजेतिर उनी खोलामा माछा मार्न गएका थिए । त्यतिबेला उनलाई बाढीले बगाएको हो ।

बाढीमा अन्य छ जना घाइते भएका छन् । घाइतेहरु कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउनेको अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू