गाडीको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

गाडीको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरमा टाटा सुमोको ठक्कले एक जनाको ज्यान गएको छ । बागलुङको गल्कोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको सुमोको ठक्करबाट निधन भएको हो ।

गएराति सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा.१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएका उनलाई भक्तपुर अस्पताल पुर्याइएको थियो।

गम्भीर घाइते भएका घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चालक धुलिखेल–९ का ५४ वर्षीय मधुकर केसी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू