चीनमा आगामी वर्ष ‘भिजिट नेपाल–२०२५’ मनाईंदै

चीनमा आगामी वर्ष ‘भिजिट नेपाल–२०२५’ मनाईंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

तीन दिने नेपाल भ्रमणमा आइपुग्नुभएका उपविदेशमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गर्नुभएको छ । 

प्रत्युत्तरमा उपविदेशमन्त्री सुनले आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराउनुभयो । साथै नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

उहाँ नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको भोलि हुने १६ औँ बैठकमा भाग लिन आज काठमाडौं आइपुग्नुभएको हो ।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत छन सोङ तथा नेपाली उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू