औषधि खरिदमा अनियमितता, प्रमुख प्रशासकीय अधिकृत र लेखापालको संलग्नता

औषधि खरिदमा अनियमितता, प्रमुख प्रशासकीय अधिकृत र लेखापालको संलग्नता

सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झासहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । 

उनीहरुले पालिकास्थित स्वास्थ्य चौकीहरुका लागि औषधि खरिद गर्दा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पालिका मातहत स्वास्थ्य चौकीका लागि नियोमेड इन्टनेसनलसँग ५७ प्रकारका औषधि खरिद गरेको थियो । 

त्यसमध्ये उनीहरुले छ लाख २० हजार ९६ रुपैयाँ बराबरको औषधि वितरण नै नगरी राज्यलाई हानिनोक्सानी पुर्याएको तथा भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम छ लाख २० हजार ९६ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ बमोजिम कैद र सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू