‘र’ प्रमुखलाई विनोद चौधरीको खातिर

‘र’ प्रमुखलाई विनोद चौधरीको खातिर
सुन्नुहोस्

नेपालमा बढ्दो राजनीतिक उथलपुथलबीच जिम्मेवारी सम्हाल्न भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधि अंशुल शर्मा बिहीबार बिहान आइपुगेका छन् । 

अमेरिकास्थित भारतीय दूतावासको आर्थिक र शैक्षिक मामिला हेर्ने काउन्सिलरका रुपमा सन् २०१९ देखि तीन वर्ष काम गरेका र पछिल्लो कालमा भारतीय विदेश मन्त्रालयस्थित नर्थ डेस्कअन्तर्गत भुटान र नेपाल मामिला हेर्दै आएका अंशुल राघव भट्नागरलाई बदली गर्दै तीन वर्षका लागि आएका हुन् । सन् १९७२ को सेप्टेम्बर १५ मा मध्यप्रदेशको ग्वालियरमा जन्मिएर २५ वर्षअघि सरकारी सेवामा प्रवेश गरेका उनी कलकत्ता निवासी मोनाली शर्माका पति हुन् ।

त्यसैगरी भारतले गत हप्ता अमित शर्मालाई बदली गर्न नयाँ सैनिक सहचारीका रुपमा कर्णेल सुब्रमण्यम बेक्कटाचलनलाई नेपाल पठाएको छ । उनी आग्रा, उत्तरप्रदेशका बासिन्दा हुन् । यो संयोग हो या त्यस्तो पर्न गएको हो, दुई महत्वपूर्ण सुरक्षा अंग हेर्ने व्यक्तिहरुको नेपालमा एकै पटक प्रवेश भएको छ । अंशुल यसबीच धेरैपटक नेपाल आउने, जाने गरेका थिए । तर, उनीहरुको समेत जानकारीबेगर नेपालमा नयाँ सरकार बन्ने भएको छ । 

संसदका दुई ठूला दल एक ठाउँमा उभिएका छन् । रास्वपा, माओवादीसहित तेस्रो, चौथो वरियताका दलहरु सरकारबाट बाहिरिएका छन् । विशेषतः पश्चिमा, त्यसमा पनि युरोपियन युनियन, भारत, अमेरिका र उत्तरी छिमेकी चीनले नयाँ सरकारसँग कसरी समन्वय गर्ने हुन् भन्ने कुरा आगामी दिनमा प्रष्ट हुँदै जालान् ।

अंशुलाई चप्पल लगाएर २० गते बिहीबार नेपाल टेकेको रात ललितपुरको दमकल रोडस्थित होटल भिभान्तामा कांग्रेस सांसद विनोद चौधरीले खातिर गरेका थिए । चौधरी मन्त्री बन्नका निम्ति यतिवेला जे गर्न पनि तयार देखिन्छन् । केही दिनअघि बाजागाजासहित केपी ओलीसँग पलेंटी कसेर गीत गाउन बालकोट पनि पुगेका थिए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू