तालिम गर्दागर्दै २ जनाको गयो ज्यान

तालिम गर्दागर्दै २ जनाको गयो ज्यान

सशस्त्र प्रहरी बल नेपालको तालिमका  क्रममा दुई जनाको ज्यान गएको छ । सेनापछिको कठोर तालिम हल्चोकस्थित मुख्यालयले तयार पारेको पाठ्यक्रमअनुसार सञ्चालन हुने गरेको छ तर केही केन्द्रमा लापरबाही गरिएको अवस्था छ । 

ककनीस्थित तालिम केन्द्रमा असार १ गते मृत्यु हुनेमासहायक हवल्दारहरू सञ्जय बल र महेन्द्र लामा छन् । पाथीभरा जवान तालिम शिक्षालय झापामा सञ्चालित सि.सं. २३७ ख आधारभूत तालिमका दौरान जवान धिरेशकुमार मण्डलको गोडा भाँचिएको छ । दाहिने गोडाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ । पश्चिम नवलपरासी बर्दघाटमा तालिमरत जवान गौरी परियारलाईसमेत उपचारार्थ काठमाडौं ल्याइएको छ । 

ककनीमा एसएसपी राजेन्द्र खड्का, झापामा कमल तिमिल्सिना र बर्दघाटमा विश्व भट्टराई प्रमुख छन् । तिमिल्सिना पूर्वआइजिपी शैलेन्द्र खनालका अति विश्वासपात्र हुन् । उनले खनाललाई कुम्भमेलामा आउँदा कोशी नदीमा डुंगा र इलाममा घोडासँगै सुरक्षा दिएका थिए । तालिम केन्द्रका प्रमुख आफ्नो जिम्मेवारी र दायित्वमा भन्दा अवकाशप्राप्त हाकिमलाई बोकेर घुम्न हिँडेको भन्दै त्यतिबेला पकलीको बाहिनीमा डिआइजी अञ्जनीकुमार पोख्रेलसामु धेरैले कुरा काटेका थिए ।

भट्टराई आगामी भदौमा अनिवार्य अवकाशमा जाँदै छन् भने खड्का दुई महिनाअघि मात्र ककनी गएका हुन् । प्रधान कार्यालयको निर्देशन विपरित खड्काले मोटरसाइकल हाँक्ने छुट दिएकाले पछिल्लो पटक दुई जनाको ज्यान गएको आरोप छ । नियमानुसार तालिमरत व्यक्तिलाई मोटरसाइकल चलाउन निषेध छ । गत भदौमा सशस्त्रले केही तालिम केन्द्रको स्तरोन्नती गरेर एसएसपीलाई पठाएको थियो । सशस्त्र प्रहरीमा हाल १२ वटा तालिम केन्द्र छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू