सशस्त्र प्रहरीका हाकिम २४ घण्टामै सरुवा

सशस्त्र प्रहरीका हाकिम २४ घण्टामै सरुवा

सशस्त्र प्रहरी हेडक्वार्टरले शुक्रबार रूपन्देहीको २७ नम्बर गणका डिएसपी विश्वराम पाण्डेलाई २४ घण्टाभित्रै झापामा हाजिर हुन जानेगरी बाटो तताउन आदेश दिएको छ ।

पाण्डेले आचरणविपरीत उठ्तीपुठ्तीको दह्रो मोर्चा खोलेर गणपति एसपी आनन्द थापालाई समेत साथ दिएको आरोपमा काज सरुवा गरिएको दाबी स्रोतको छ । थापा केही साताअघि मात्रै सो गणमा सरुवा भई गएका हुन् । पाण्डेलाई कमल तिम्सिनाको कमाण्डमा रहेको तालिम केन्द्रको सहायक बनाइएको छ । 

पाण्डे यसअघि इन्स्पेक्टर हुँदा डण्डा र २ वर्ष भैरहवा एयरपोर्ट तलतिर मजगावाँमा पनि बसेका थिए । त्यसो त गणपति थापा पनि डिएसपी हुँदा निलम्बनमा परेर फुकुवा भई बढुवा भएका हुन् । 

कोशी प्रदेशमा अञ्जनी पोखरेल र मधेश प्रदेशमा दिपेन्द्र शाह डिआइजी हुँदा सीमा क्षेत्रमा निकै कडिकडाउ हुन्थ्यो । तर अहिले भने केही होलो खुकुलो भएको बताइन्छ । अहिले कोशीमा शम्भु सुवेदी छन् । सुवेदीले बोर्डर आउट पोस्ट (बिओपी) भन्टाबारीका कार्यरत इन्स्पेक्टर गणेश खड्कालाई पिए बनाएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू