सिमलतालको खास के रहेछ समस्या

सिमलतालको खास के रहेछ समस्या

उर्लंदो बाढीको भेलमा बाँसको घोचाले छामेर सिमलतालको पहिरोले दुईवटासहित बगाएका व्यक्तिहरुको उद्धारमा खटिएको सशस्त्र प्रहरीले आफूसँग भएको उपकरण र क्षमताको सक्दो उपयोग गरे पनि पूर्ण सफलता भने हात पार्न सकेको छैन । उता घटनास्थल सिमलतालको अध्ययन गर्दा त्यो बाढी पहिरोको चपेटामा नपर्ने ठाउँ भएको देखिन्छ । मास्तिरको डाँडाहरूमा गाउँगाउँ बाटो पुर्‍याउनका लागि खनिएको बाटोघाटोका कारण सो पहिरो बगेको प्रारम्भिक आंकलन गरिएको छ । 

त्यो क्षेत्र सुन्दर, एक क्षण बसेर आराम गरौं गरौं लाग्ने खालको छ । माथिल्लो भेगमा हरियाली हुनुका साथै वृक्षारोपण गरिएको पाइएको छ । त्यस्तो ठाउँमा पहिरो बग्छ भनेर कसैले पत्याउन सक्दैन । तर त्यसभन्दा माथि डोजरले गाउँ जाने बाटोहरु खनेकाले सिमलताल पहिरोले बगाएको छ भने सँगै दुई बस र त्यसमा सवार ६३ यात्रुको ज्यानै गएको छ । स्थलगत अध्ययनमा जाने केही विज्ञका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन नगरी गाउँगाउँमा बाटो पुर्‍याउने नाममा जथाभावी सडक खन्दा आइपरेको विपत्ति हो यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू