चीनको युरोपमा पनि चमत्कार
फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबारदेखि जारी ३३ औं गृष्मकालीन ओलम्पिकको छैठौं दिन चीन १० स्वर्णसहित अग्रस्थानमा रहेको छ । उसले ७ रजत र ३ कास्यसहित २० पदक हासिल गरेको छ ।
आयोजक फ्रान्स २६ पदकसहित दोस्रो स्थानमा छ । उसले ८ स्वर्ण,१० रजत र ८ कास्य पदक जितेको छ । जापान ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित तेस्रो स्थानमा छ ।
त्यसैगरी अष्ट्रेलिया,बेलायत,दक्षिण कोरिया र अमेरिका क्रमशः चौथो,पाँचौं, छैठौं र सातौं स्थानमा छन् । आजसम्म ४४ मुलुकले पदक तालिकामा नाम लेखाएका छन् । दक्षिण एसियाली मुलुकमध्ये भारत ३ कास्यसहित ४१औं स्थानमा छ ।
चीनका पाैडी खेलाडी पान झान्लेले एक सय मीटर फ्रिस्टाइलमा नयाँ विश्व कीर्तिमान राखेका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीको १ सय मीटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोडेका हुन् ।
१९ वर्षीय झान्लेले निर्धारित दूरी ४६ दशमलव ४० सेकेन्डमा पूरा गरेका छन् । यसअघि दोहामा गत वर्ष सम्पन्न विश्व च्याम्पियनसिपमा भन्दा उनले शून्य दशमलव ४० सेकेन्ड कम समय खर्च गरेका हुन् ।
टिप्पणीहरू