नयाँ दिल्लीबाट आएका यात्रुको ब्यागेजमा ठूलो परिमाणमा डलर, सुन र चाँदी

नयाँ दिल्लीबाट आएका यात्रुको ब्यागेजमा ठूलो परिमाणमा डलर, सुन र चाँदी
सुन्नुहोस्

नयाँ दिल्लीबाट आज दिउँसो काठमाडौं आएका अभिषेक रौनियार हजारौं डलर, विदेशी मुद्रा, झण्डै एक किलो सुन, साढे २ किलो चाँदी र केही पत्थरसहित पक्राउ परेका छन् ।

एअर इण्डियाको उडान नम्बर एआई २१५ मा साढे ३ बजे आइपुगेका ३७ वर्षे रौनियारलाई ५ बजेको समयमा अवैध विदेशी मुद्रा, सुन, चाँदी र पत्थरसहित प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउपछि महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएका उनीमाथि भोलि चोरी निकासी पैठारीअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । रौनियारले नौ सय एक ग्राम सुन, साढे २ किलो चाँदी, ४२ हजार दुई सय अमेरिकी डलर, रुसी रुबल दुई हजार, कोरियन वन एक हजार र केही पत्थर बोकेका थिए ।

टिप्पणीहरू