जिबीलाई भगाउन रविको लफडा

जिबीलाई भगाउन रविको लफडा
सुन्नुहोस्

लण्डन पलायन भएका सुमेरुवाला भरत महर्जन झैं सहकारी, टिभी, पत्रकार र देशभरका लाखौं वचतकर्तालाई डुबाएर मलेसियामा लुकी बसेका गितेन्द्रबाबु राई (जिबी) को बारेमा नेपाल प्रहरीले उतै पुगेर जति सोधखोज गरे पनि छेउटुप्पो नपाएको बुझिएको छ । रास्वपा सभापति, पूर्व गृहमन्त्री तथा जिबीका साझेदार रवि लामिछानेले छ महिनाअघि दोहोर्याएर मन्त्री नियुक्त भएलगत्तै राईको लोकेशन पत्ता लागिसकेको र अब छिट्टै समातेर ल्याइने बताएका थिए । 

राईबारे थप बुझ्न, फेला परे यता ल्याउने प्रक्रिया थाल्न मलेसिया गएको प्रहरी टोली हालै रित्तो हात फर्केको छ । जबकि लामिछानेले मलेसिया प्रहरी, त्यहाँका आइजिपी र गृहमन्त्रीको हवाला दिँदै आफूले एकाध दिनभित्रै राईलाई नेपाल ल्याइछाड्ने उद्घोष गत फागुनमै गरेका थिए ।

प्रहरीको उच्च स्रोत भन्छ, ‘जिबीको हकमा कुनै प्रगति हुन सकेन। मलेसिया गएको टोली रित्तै फर्कियो ।’ मलेसियाले जोगाएर राखेको हो कि ? सुपुर्दगी गर्न नमानेको हो ? भन्ने जनआस्थाको जिज्ञासामा उनी भन्छन्, ‘यो सबै रविले पहिले नै गरेको फण्डाको परिणाम हो । उसले गृहमन्त्री हुनेबित्तिक्कै जिबीको लोकेसन मलेसियामा पत्ता लगाइसकिएकाले तुरुन्तै ल्याइन्छ भनेर उसलाई सेफ बस्न सतर्क गराएको पो रहेछ ।

अहिले पो थाहा भयो, त्यो पपुलिस्ट हुने धन्दाको निरन्तरता मात्रै रहेछ ।’ प्रहरीले मलेसिया गएको टोलीको नाम र विवरण गोप्य राखेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू