अमेरिकी डलरको विश्वव्यापी एकाधिकार तोडिँदै

अमेरिकी डलरको विश्वव्यापी एकाधिकार तोडिँदै

ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ब्रिक्सले अमेरिकी डलरको विकल्पमा नयाँ भुक्तानी प्रणालीको घोषणा गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले अमेरिकी डलरको मध्यस्थतामा हुँदै आएको विश्वव्यापी भुक्तानी प्रणालीमा परिवर्तन ल्याउन खोजिएको बताएका छन् ।

उनका अनुसार यो प्रणाली कुनै दुई मुलुकबीच हुने क्रस बोर्डर पेमेन्ट नभएर विश्वव्यापी व्यापारमा हुने भुक्तानीको नयाँ र पूर्ण माध्यम हुने छ । हाल विश्वमा भुक्तानीका लागि अमेरिकी डलर मुख्य माध्यम छ । ब्रिक्सको भुक्तानी प्रणालीमा चिनियाँ मुद्रा युआनको भूमिका मुख्य हुने बताइन्छ ।

चीनमा पछिल्लो समय वी च्याट पेको लोकप्रियताले नयाँ रेकर्ड कायम गरेको छ । वी च्याट पेलाई ब्रिक्स पेको रुपमा अघि बढाउने प्रक्रिया पनि शुरु भएको बुझिएको छ ।

टिप्पणीहरू