करोड र शून्य कारोबार गर्नेलाई आन्तरिक राजस्वको समान व्यवहार

करोड र शून्य कारोबार गर्नेलाई आन्तरिक राजस्वको समान व्यवहार

आन्तरिक राजस्व विभागले वार्षिक एक करोडसम्म कारोबार गर्ने एकलौटी फर्म वा शून्य कारोबार भएका निकायहरुको आय विवरण दाखिला गर्ने म्याद नथप्ने निर्णय गरेको छ । आयकर ऐन, २०५९ को दफा ९८ मा आयकर विवरण पेश गर्न विभागले एकै पटक वा पटकपटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।  

तर, विवरण दाखिला गर्ने करदाता र कारोबार नभएका निकायहरुले पनि म्याद थप लिने गरेकाले विभागको कम्प्युटर प्रणालीमा बढी भार पर्न गएको जनाउँदै त्यस्तो निर्णय गरिएको विभागको भनाई छ । 

‘उल्लिखित व्यवस्थाबमोजिम विभागको कम्प्युटर प्रणालीमा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वःचालित रुपमा म्याद थप हुने विद्यमान व्यवस्थाले वित्तिय विवरण तयार गर्नुनपर्ने डे.०१ आय विवरण र डे.०२ आय विवरण दाखिला गर्ने करदाताहरु र कारोबार नभएका निकायहरुले पनि म्याद थप लिने गरेकोले पुस मसान्समा विभागको कम्प्युटर प्रणालीमा बढी भार पर्न गएको हुँदा वार्षिक रु.१ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने,’ विभागले भनेको छ । 

विभागले वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको सम्बन्धमा मंसिर मसान्त र सोभन्दा बढीको कारोबार गर्ने करदाताको हकमा पुस २० गतेसम्म मात्र म्याद थप गर्ने निर्णय भएको समेत जनाएको छ ।

टिप्पणीहरू