लुम्बिनी विकास कोषका सदस्यसचिवमाथि आक्रमण, सुरक्षाबारे सिडिओ कार्यालयमा छलफल

लुम्बिनी विकास कोषका सदस्यसचिवमाथि आक्रमण, सुरक्षाबारे सिडिओ कार्यालयमा छलफल

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य निर्माण व्यवसायीहरुको कुटपिटबाट घाइते भएका छन् । रुपन्देहीको एक होटलमा आयोजित एक कार्यक्रममा सहभागी शाक्यलाई दर्जनभन्दा बढी निर्माण व्यवयासीहरुले निर्घात कुटपिट गरेको बताइएको छ ।

कोषका पदाधिकारीहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका छन् । सुरक्षा व्यवस्था उपलब्ध गराउनेबारे छलफल चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘कोषका चार पाँच जना पदाधिकारी आउनुभएको छ, सिडिओसापसँग छलफल चलिरहेको छ ।’ 

सम्पन्न भइसकेका विविन्न आयोजनाको भुक्तानी रोकेको भन्दै उनीहरुले आक्रमण गरेका हुन् । घटनाबारे थप अनुसन्धान गर्न अहिले प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

टिप्पणीहरू