बनेपामा लुटिए दुई विदेशी युवती

बनेपामा लुटिए दुई विदेशी युवती
सुन्नुहोस्

बनेपामा दुई जना विदेशी लुटिएका छन् । स्थानीय १६ सय सिँढी घुम्न गएका इटालियन र जर्मन लुटिएका हुन् ।

धुलिखेल अस्पतालमा इन्टर्नशिप गरिरहेका २८ वर्षीया मार्टिन र २६ वर्षीया जेन्ड्रालाई चक्कु देखाएर लुुटिएको हो । प्रहरीले लुटपाटमा संलग्न नवलपरासी घर भइ हाल बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ बनेपा–९ बस्ने सन्देश जैरु र पनौती नगरपालिका–९ सुनथानका उज्वल दाहाललाई पक्रेको छ । 

उनीहरुले ती युवतीलाई चक्कु देखाउँदै आइफोन, स्मार्टवाच, डेबिड र क्रेडिटकार्ड लुटेका हुन् । प्रहरीले लुटेराहरुको साथबाट लुटिएका सामानसमेत फेला परेको जनाएको छ ।
 

टिप्पणीहरू