राजधानीका सहकारीलाई काठमाडौं महानगरको अर्को निर्देशन

राजधानीका सहकारीलाई काठमाडौं महानगरको अर्को निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थालाई महानगर सहकारी प्रवर्ध्न कोषमा रकम जम्मा गर्न निर्देशन दिएको छ ।सहकारी संस्थाको प्रवद्र्धन तथा संस्थागत विकासका लागि उक्त कोषमा रकम जम्मा गर्न सूचित गरिएको महानगरले जनाएको छ ।

महानगरको सहकारी ऐन, २०७४ र नियमावली, २०८० मा सहकारी संस्थाले सहकारी व्यवसायको प्रवद्र्धनका लागि जगेडा कोषमा रकम छुट्याई सो रकमको शून्य दशमलब ५ प्रतिशतले हुन आउने रकम महानगर सहकारी प्रवद्र्धन कोषमा वार्षिक रुपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 

सोहीअनुरुप महानगरले उक्त व्यवस्था कार्यान्वयनका लागि सूचना प्रकाशित गरेको जनाएको छ । सहकारी संस्थाहरुलाई महानगर सहकारी प्रवर्ध्न कोषको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ००१४१५०१०७७२६००२ मा तोकिएबमोजिम रकम जम्मा गर्न भनेको छ ।
 

टिप्पणीहरू